जहाँ रहे पनि नेपाल र नेपाली प्रति समर्पित सशक्त महिला अगुवाको नाम हो सुषमा भुषाल । सामाजिक र राजनीतिक अभियान्ता सुषमा त्यस्ती महिला हुन जसले अरुको दुःख कष्टमा साथ दिन जानेको छ । क्रान्तिकारी आन्दोलनमा खारिएकी सुषमा भुसाल सामाजिक सेवामा अग्रसर हुन चाहन्छिन ।
‘मलाई समाज सेवा गर्न पाउँदा आनन्द लाग्छ’उनी भन्छिन‘हामीले समाज र राष्ट्रलाई केहि दिन सक्नुपर्छ ।’ उनी यूरोपमा रहेका नेपाली महिलाहरुलाई संगठित गराउँछिन । स्वदेश तथा बिदेशमा अधिकारका पक्षमा वकालत गर्दै आएकी सुषमा आफूलाई राष्ट्रको हितमा समर्पित गराउन चाहन्छिन ।
अधिकारका पक्षमा नेपालमा हुने आन्दोलनमा सुषमाको सक्रियता यूरोपमा पुग्दा पनि घटेको छैन ।सात बर्षदेखि यूरोपमा नेपाली महिलाहरुलाई नेपालको अधिकार र क्रान्तिकारी आन्दोलनका पक्षमा वकालत गर्दै आएकी सुषमा अहिले प्रगतिशिल महिला मञ्च यूरोपको इन्चार्ज छिन । उनले यूरोपमा रहेका नेपाली महिलाहरुका समस्या बुझने र समाधानका लागि पहल गर्ने काममा आफूलाई क्रियाशिल बनाउँदै ल्याएकी छिन ।
बेल्जियममा बसेर यूरोप भरीका महिलाहरुका अधिकारका पक्षमा वकालत गर्दै आएकी सुषमा नेपाली राजनीतिमा पनि नौलो नाम होइन । यूरोप जानु अघि पनि नेपालमा उनी क्रान्तिकारी आन्दोलनका पक्षमा निरन्तर लागिरहिन । तत्कालीन एकताकेन्द्र, नेकपा माओवादी र एकीकृत माओवादीले सञ्चालन गरेका समानताको आन्दोलनमा सुषमा निरन्तर सक्रिय छिन । ‘नेपाली जनताको जीवनमा समृद्धि आएको देख्न चाहन्छु’सुषमा भन्छिन‘त्यसले नै मेरो आत्मामा शान्ति मिल्छ ।’
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काठमाण्डु क्षेत्र नम्बर १० बाट जिताउन उनी यूरोपबाट काठमाण्डु आएर सक्रियता देखाएकी सुषमा अहिले पनि काठमाण्डुमा छिन । राजनीतिक र सामाजिक आन्दोलनमा लाग्न सुषमालाई उनका श्रीमान सुरेन्द्र भुषालको पनि निरन्तर सहयोग रहदै आएको छ । सुषमा र सुरेन्द्र दुवै राजनीतिक चेतना माथि उठेका जोडी हुन ।