काठमाण्डु, २ फागुन – यमनको राजधानी सनामा भएको पछिल्लो हिंसामा १० जना मारिएका छन् । सनास्थित मुख्य कारागारमा अज्ञात बन्दुकधारीको आक्रमणबाट ७ सुरक्षाकर्मी र ३ उग्रवादी मारिएको विविसिले जनाएको छ ।
हमला पश्चात कैयन केदी भागेको बताइएको छ ।
घटनाको कुनै संगठनले जिम्मा नलिएपनि अलकायदाले आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ । यमन अलकायदाको प्रभावित क्षेत्र मध्येको एक हो ।