सचिवबाट हिनामिना भएको रकम फिर्ता

काठमाण्डु टुडे २०७० माघ २० गते ६:१२ मा प्रकाशित

तानसेन, २० माघ – पाल्पा जिल्लाको हेक्लाङ गाउँ विकास समितिका पूर्व गाविस सचिव खडानन्द घिमिरेले अनियमितता गरेको रकम फिर्ता गरेका छन् । फिर्ता रकमबाट गाविसका महिलाका लागि उद्घोषण सीप विकास तथा सशक्तीकरण कार्यशाला सञ्चालन गरिएको छ ।

आर्थिक वर्ष २०६९÷७० मा महिला लक्ष्यित कार्यक्रम सञ्चालनका लागि छुट्याइएको रकम सचिव घिमिरेले हिनामिना गरेका थिए । स्थानीय जनताले सो रकमका खोजी गरेपछि घिमिरेले रु ३० हजार आफूले झुक्किएर लिएर गएको भन्दै फिर्ता गरेका हुन् ।

सोही रकमबाट कार्यशाला सञ्चालन गरिएको गाउँ महिला सञ्जाल हेक्लाङकी अध्यक्ष खगीसरा बाह्रघरेले बताईन् ।

महिला लक्षित कार्यक्रमका लागि छुट्याइएको रकम हिनामिना भएको भएपनि रकम फिर्ता भई सञ्चालित कार्यक्रममा प्रयोगात्मक अभ्याससहित ज्ञानका कुरा सिक्न पाएकोमा निकै खुसी लागेको प्रशिक्षार्थी महिला हेमा सिंजालीले बताइन् ।

कार्यक्रममा प्रशिक्षक पत्रकार माधव अर्याल र सामाजिक स्रोत विकास केन्द्रका तालिम अधिकृत विष्णुप्रसाद पाण्डेले उद्घोषण र सशक्तीकरणसम्बन्धी प्रशिक्षण दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us