दक्षिण सुडानमा सैनिक हस्तक्षेप अमेरिकालाई अमान्य

काठमाण्डु टुडे २०७० पुष ८ गते ९:३४ मा प्रकाशित

obamaवासिङटन, ८ पुस – अमेरिकाले दक्षिण सुडानमा कुनैपनि हालतमा सैनिक हस्तक्षेप मान्य नहुने बताएको छ । सन् २०११ मा स्वतन्त्र भएको यस देशमा हालैका केही दिनयतादेखि सैनिकहरुकै बीचमा भिडन्तका घटनाहरु सुनिन थालेपछि अमेरिकाले सो धारणा सार्वजनिक गरेको हो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने, ‘देशका सैनिकहरुकै बीचमा यस्तो विवाद र भिडन्त हुनुले राम्रो कुराको सङ्केत गर्दैन, तर कुनैपनि किसिमको सैनिक हस्तक्षेपको प्रयासको अमेरिका विरोधमा छ ।’
उनले यस्ता सैनिक हस्तक्षेपबाट यदि कोही शक्तिमा आयो भने त्यस्तो सरकारलाई अमेरिकाले आर्थिक, प्राविधिकलगातका कुनैपनि प्रकारको सहयोग नगर्ने स्पष्ट पारेका छन् । साथै अमेरिकाले त्यहाँ सैनिक कारबाही पनि नचाहेको पनि ओवामाको भनाई छ ।
हालैमात्र अमेरिकाले त्यहाँ १०० जना अमेरिकी सैनिक पठाउने निर्णय गरेको थियो । ती सैनिक यसैहप्ता दक्षिण सुडान पुगिसक्ने जानकारी अमेरिकी विदेश मन्त्री जोन केरीले दिएकी छिन् ।
देश खतरनाक रुपमा गृहयुद्धको दलदलमा फस्ने खतरा बढिरहेको भन्दै तत्कालै यी समस्यको समाधानका लागि सबै पक्षलाई गम्भीर केरीले आग्रह गरिन् । दक्षिण सुडानमा हिंसा जारी रहेको छ । देशको राष्ट्रिय सेनाल नै राष्ट्रपतिको पक्ष र विपक्षमा लागेर एक आपसमा भिडन्त गर्नुले देशलाई गृहयुद्धमा धकेल्ने खतरा बढाएको विश्लेषकहरुको भनाई छ ।
यस्तो हिंसाको कारण नै संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई दक्षिण सुडान छोड्न सूचना जारी गरिसकेको छ । यसका साथै अन्य देशहरुले पनि आ–आफ्ना देशका नागरिकलाई त्यहाँबाट विस्थापित गर्ने कार्य सुरु गरेका छन् ।
गएको आइतबारदेखि त्यहाँका सैनिकका विभिन्न विद्रोही समूहबीच भएका भिडन्तहरूमा परी त्यहाँ ५ सय भन्दा बढीको ज्यान गइसकेको छ । साथै मारिनेको सङ्ख्या अरु धेरै रहेको बताएपनि यसको पुष्टि भने भएको छैन ।
सैनिककै बीचमा यस्तो भिडन्त भएपछि र सयौँ सैनिक तथा गैरसैनिक व्यक्तिको हत्या भएपछि बेलायतले पनि त्यहाँ रहेको बेलायती राजदूतावासका कर्मचारीलाई फिर्ता बोलाएको बताइएको छ ।
विश्व मानचित्रको अहिलेसम्मकै सबैभन्दा कान्छो राष्ट्रका रुपमा रहेको यो देश सन् २०११ मा मात्र सुडानबाट स्वतन्त्र भएको हो । यो देश गृहयुद्धतिर फर्किने डर रहेको यतिखेर विश्वव्यापी रुपमा चर्चा र खतरा सुरु भएको छ ।
परिस्थिति अझै नियन्त्रणमा नाएको दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुख हार्ब लादसले बताएका छन् । उनका अनुसार वर्तमान राष्ट्रपति र पूर्व राष्ट्रपति समर्थक सेनाका बीचमा सो भिडन्त भएको हो । दक्षिण सुडानका राष्ट्रपतिका सेनाले पूर्व राष्ट्रपतिका सेनालाई सैनिक कु गर्न खोजेको आरोप लगाएका छन् । तर पनि पूर्व राष्ट्रपतिले भने आफूले त्यस्तो नगरेको भन्दै यो आफूमाथि लगाइएको आरोप मात्र हो भनेका छन् ।
सन् २०११ मा सुडानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिलाउनका लागि अमेरिकाले नै भूमिका निर्वाह गरेको बताइन्छ । तर यतिखेर भने सुडानमा अमेरिकाको उपस्थिति मानवीय सहायताका लागि भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us