मोरङमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

काठमाण्डु टुडे २०८३ साउन ४ गते १३:५२ मा प्रकाशित

काठमाण्डू, ४ साउन– मोरङको कानेपोखरी गाउँपालिका–७ कानेपोखरी नजिक नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पथरीशनिश्चरे १० त्रिवेणी चोक बस्ने ६० वर्षीय गोविन्द लिम्बू रहेको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ । घटना गएराति करिब बाह्र बजेको हो ।

प्रहरीका अनुसार घटनामा गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुर्याइएको थियो ।

तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सवारी साधन सहित फरार रहेका चालकको खोजी तथा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us