दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शन, प्रहरी लाठीचार्जका बीच संसद्‌तर्फ बढे प्रदर्शनकारी

काठमाण्डु टुडे २०८३ साउन ४ गते १२:५९ मा प्रकाशित

काठमाण्डू, ४ साउन– छिमेकी देश भारतको दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको संसद् मार्चमा प्रहरीले लाठीचार्ज गरेको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गर्दा कैयौँ मानिस घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । यसका बाबजुद पनि प्रदर्शनकारीहरू अघि बढ्दै संसद् मार्ग प्रहरी चौकीसम्म पुगेका भारतीय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।

सोमबारको प्रदर्शनका लागि आइतबार राति ११ बजेदेखि नै मानिसहरू जन्तर–मन्तरमा भेला हुन थालेका थिए। उनीहरूले फुटपाथमै रात बिताए ।

सोमबार बिहान मार्च सुरु हुनेबित्तिकै प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलको स्थिति सिर्जना भएको थियो । जन्तर–मन्तरका सबै प्रवेश र निकास बिन्दुहरूमा प्रहरीले ७ फिट अग्लो ३९तहको ब्यारिकेडिङ गरेको थियो ।

तर, बढ्दो भिडले ब्यारिकेडहरू पन्छाउँदै र तोड्दै अघि बढ्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । प्रहरीले संसद्को नयाँ अधिवेशन सुरु भएकाले कसैलाई पनि मार्चको अनुमति नदिइएको बताएको छ । जन्तर–मन्तरदेखि संसद्‌सम्म करिब ५ हजार प्रहरी र र्‍यापिड एक्सन फोर्सका जवानहरू तैनाथ गरिएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us