कान्तिपुर र अनलाइनखबरको गेटबाट क्रेन लगाएर हटाइए बेवारिसे कार

काठमाण्डु टुडे २०८३ असार २९ गते १५:१० मा प्रकाशित

काठमाण्डू, २९ असार– दुई ठुला मिडिया हाउस अगाडि पार्किङ गरिएका बेवारिसे गाडीलाई प्रहरीले हटाएको छ । क्रेनबाट उठाएर ती गाडीलाई प्रहरीले अन्यत्र लगेको हो ।

आज बिहानैबाट तीनकुनेस्थित कान्तिपुर दैनिक, बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरमा रहेको हिमालयन टेलिभिजनको गेटैमा निजी नम्बरप्लेटका कार पार्क गरिएका थिए ।

ती कारका धनी अहिलेसम्म भेटिएका छैनन् । प्रहरीले छानबिन गरिरहेको छ । काठमाण्डू प्रहरी प्रवक्ता पवनकुमार भट्टराईले तीनवटै मिडियाहाउसबाट गाडी हटाइएको बताए ।

सवारी धनीको खोजीका लागि यातायात कार्यालयसँग समन्वय गरिएको उनले जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us