दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

काठमाण्डु टुडे २०८३ असार २९ गते १५:०७ मा प्रकाशित

?????????????????????????????????????????????????????????

काठमाण्डू, २९ असार– दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन् ।

गएराति करिब ९ बजे गएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको मृत्यु भएको हो उनकी आमा १९ वर्षीया शर्मिला थामी गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काले जानकारी दिएका छन । दोलखाको भिमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट उनीहरु बोलेरो गाडी चढेर घर फर्किरहेका थिए ।

सुनखानी–साङवा सडक खण्डस्थित क्याङपोल हेलेक्पाथालीको पहिरोले सडक अवरुद्ध भएकाले गाडीमा ओर्लिएर हिँड्ने क्रममा अर्को पहिरोमा उनीहरु परेका थिए ।

स्थानीयले उद्धार गरेर उनीहरुलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पतालमा पठाएका थिए । अस्पताल पुर्‍याएलगत्तै छोरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

आमा शर्मिलालाई भने प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डू रिफर गरिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us