काठमाण्डूमा ह्वात्तै बढ्यो मोटरसाइकल र स्कुटर चोरीका घटना

काठमाण्डु टुडे २०८३ असार २९ गते १३:२६ मा प्रकाशित

काठमाण्डू, २९ असार– काठमाण्डू उपत्यकामा पछिल्लो समय मोटरसाइकल र स्कुटरको चोरीका घटना ह्वात्तै बढेको छ । काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानबाट चोरी भइ फेला परेका ५१ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमबीच प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले पछिल्लो एक महिनामा फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन ।

मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गरिराखेको अवस्थामा हराउने वा चोरी हुने गरेको पाइएको ट्राफिक प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन ।

लामो समयसम्म सवारी साधन पार्किङ गरेर छोड्नुपर्ने अवस्था आएमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा पूर्व जानकारी गराउन उनको सुझाव छ ।

सवारी साधन चोरी हुनबाट जोगाउन प्रविधिको प्रयोग गर्न एन्टि–लक सिस्टम, अलार्म सिस्टम, जीपीएस ट्र्याकरजस्ता प्रविधि प्रयोग गर्न ट्राफिकले अनुरोध समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us