दुर्गा प्रसाईँ ‘बोल्ने डरले’ विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लियो, गाडीमा राखेर घर पुर्‍याइदियो

काठमाण्डु टुडे २०८३ असार २८ गते १३:५२ मा प्रकाशित

काठमाण्डू, २८ असार– मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आज (आइतबार) झापाबाट काठमाण्डू आउनासाथ विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

तर, उनलाई प्रहरी हिरासतमा भने लगिएको छ । प्रसाईँ आफ्नो गृहजिल्ला झापाबाट फर्किएका थिए । प्रसाईं झापा–काठमाण्डू ओहोरदोहोर गरिरहन्छन् । उनी आउँदा विमानस्थलमा कन्टेन्टका लागि युट्यूवरको भीड लागेको हुन्छ ।

प्रसाईँले केही न केही ‘खुराक’ दिन्छन् पनि । तर, आज भने युट्यूवरहरू निराश बने । प्रसाईँ आउने क्रममा विमानस्थल पुगेका युट्यूवरहरूले भित्र पस्न पाएनन् ।

प्रहरीले उनीहरूलाई विमानस्थलको गोल्डेन गेटमै रोकेर राख्यो । अचम्म चाहीँ के भयो भने प्रसाईँ विमानस्थलबाट प्रहरीको गाडीमा निस्किए ।

काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले प्रसाईँ एयरपोर्ट ओर्लनासाथ नियन्त्रणमा लिएर आफ्नो गाडीमा हालेका थिए ।

भट्टराईले प्रसाईँलाई हिरासतमा नलगी उनकै भक्तपुरस्थित निवास पुर्‍याएर छाडेका छन् । पछिल्ला घटनाक्रममामा सरकारमाथि चौतर्फी आलोचना भइरहँदा प्रसाईंले उत्तेजक अभिव्यक्ति दिएर माहोल झनै भड्काउने डरले प्रहरीले यो कदन चालेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us