सुकुमवासी व्यवस्थापनको मागसहित माइतीघरमा प्रदर्शन

काठमाण्डु टुडे २०८३ असार २८ गते १३:२९ मा प्रकाशित

काठमाण्डू, २८ असार– सुकुमवासीको उचित व्यवस्थापनको मागसहित आज (आइतबार) काठमाण्डू माइतीघरमा प्रदर्शन गरिएको छ ।

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा सरोकारवालाहरू र सुकुमवासीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारले सुकुमवासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन् ।

त्यस्तै केही व्यक्तिहरूलाई पक्राउ गरेको विषयमा विरोध गरेका छन् । पक्राउ परेकाहरूलाई विनाशर्त रिहा गर्न पनि उनीहरूको माग छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us