मन्त्री लम्साललाई ऐन महरको प्रश्नः ठेकेदारको कुन खुट्टा भाँच्ने, दाहिने कि देब्रे ?

काठमाण्डु टुडे २०८३ असार ४ गते १६:२२ मा प्रकाशित

काठमाण्डू, ४ असार– एमाले प्रमुख सचेतक ऐन महरले भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विवादित अभिव्यक्तिबारे प्रश्न गरेका छन ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने भन्ने अभिव्यक्ति दिनु कानुनसम्मत थियो वा थिएनरु भन्दै प्रश्न गरे ।

उनले प्रश्न गर्दै भने, ‘माननीय मन्त्रीज्यूले ठेकेदारको खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो । त्यो कानुनबमोजिम थियो कि थिएनरु कुन खुट्टा भाँच्ने हो, दाहिने कि देब्रेरु त्यो पनि स्पष्ट भएन ।

मन्त्रीको हैसियतबाट दिन मिल्ने खालको आदेश हो कि होइनरु ठेकेदारलाई मन्त्रालयमै बोलाएर धाकधम्की दिने, गाली गलौच गर्ने र थर्काउने कुरा कानुन बमोजिम थियो कि थिएन ?’

उनले सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि पनि असन्तुष्टि समेत जनाए । दुर्गम तथा पिछडिएका क्षेत्रमा भौतिक पूर्वाधार विकासका लागि पर्याप्त बजेट विनियोजन नभएको आरोप समेत लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us