काठमाण्डू, ४ असार– प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आफू सत्तापक्ष कि प्रतिपक्ष हो कित्ता क्लियर गर्न आग्रह गरेका छन ।
आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर क्रममा सरकारले गुनासो गर्ने नभई समाधान दिनुपर्ने समेत उनले बताए । साम्पाङले भने, ‘मन्त्रीज्यूले थुप्रै लामै कुराहरू सुनाउनुभयो ।
तर सरकारले गुनासो गर्ने होइन। मन्त्रीज्यू सत्ता पक्ष हो कि प्रतिपक्ष हो भन्ने कुरा थाहा हुनुपर्छ। यस्तो कानुन भएन, उस्तो कानुन भएन भनेर त्यो लामो गीत हामीलाई सुनाउनुभयो ।’
उनले मन्त्री पुनलाई अर्को चोटीदेखि समयको ध्यान दिन पनि आग्रह गरे । मन्त्री पुनले एक घण्टाभन्दाबढी समय लिएर सदनमा जवाफ दिएका थिए । साम्पाङको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कानुन नबनेको भएकाले आफूले सत्य कुरा गरेको बताएका छन । जवाफमा भने, ‘उहाँले गुनासो गर्ने होइन भन्नुभयो ।
यो कानुन बनेन, यहाँ यस्तो कानुन बनेन भनेर भन्नुभयो । बनेकै छैन त गुनासो नगरेर के गर्ने तरु यो अहिलेसम्म बनेको भए, मैले भने नि जिरो छ ।’
उनले अहिले सय दुई सय खर्च गर्नुपर्दा पनि आफ्नै खल्तीबाट गर्नुपर्ने अवस्था रहेको बताए । उनले थपे, ‘केही किन्नु पर्यो भने पनि खल्तीबाट किन्नु पर्नेछ । किनिरहेकै छौँ अहिलेसम्म । किनभने कानुन नै छैन ।