रास्वपाको सरकारले सुकुम्बासी र हुकुमबासी नछुट्याई हटाउन खोजेको भन्दै रञ्जु दर्शनाले मागिन् माफी

काठमाण्डु टुडे २०८३ वैशाख १२ गते ९:२४ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्बासी र हुकुमबासी छुट्टाएर मात्र अव्यवस्थित सुकुम्बासी बस्तिको व्यवस्थापन गर्नेुपर्नेमा त्यस्तो हुन नसकेको बताएकी छन ।

आज (शनिबार) काठमाण्डूको थापाथलीमा हटाउन थालेको सुकुम्बासी बस्ती आफ्नै निर्वाचन क्षेत्रमा परेको उल्लेख गर्दै आफ्नै सरकारले मैले भनेको झैँ गरेन भनेर आफूले रुवाबासी गरेर काम नभएको बताएकी हुन । उनले भनेकी छन,‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गत निर्वाचनमा विजयको सुरुवात हामीले काठमाडौँ १ बाट गरेका थियौँ ।

सरकारले अव्यवस्थित सुकुम्बासी बस्तिको व्यवस्थापन गर्ने कार्य पनि थापाथली अर्थात काठमाण्डू–१ बाट सुरुवात गर्न लागेको छ। अव्यवस्थित अब व्यवस्थित हुने यात्रामा जानु सुखद पक्ष हो। सोहि क्षेत्र बाट निर्वाचित सांसदको रुपमा मेरो राय सम्माननीय प्रधानमन्त्री समक्ष बैठकमा पनि राखिसकेको थिएँ।’उनले भनेकी छन्, ‘सुकुमबासीबारे मेरो व्यक्तिगत धारणा सामान्य र स्पष्ट छः वर्षौँसम्म त्यँहाका जनतालाई अङ्क गणितको रुपमा मात्रै प्रयोग गर्नु अपराध हो ।

दशकौँ देखि सुकुमबासी समस्या हल नगरेर सुकुमबासी लाई सुकुमबासी बनाई राखेर आधारभुत सुविधा बाट पनि वञ्चित हुने अवस्था बनाइराख्नु पनि अपराध हो। त्यसैले हुकुमबासी र सुकुमबासी छुट्टाई सुकुमबासीहरुलाई विकल्प दिएर व्यवस्थापन गर्नुपर्छ। काम त गर्नै पर्ने थियो कि आज कि भोलि तर पहिले सुकुम्बासी र हुकुमबासि छुट्टाएर गर्दा ठिक हुनेथियो ।

दुखी, पीडित सुकुमबासीको कहाँ व्यवस्थापन हुने, स्पष्ट जानकारी दिँदा डर र त्रासको सट्टा आड र भरोसा हुन्थ्यो राज्यप्रति। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीको नं ९१ कार्यान्वयन पहिला गरौँ भनेर अनुरोध भने गरेको हुँ तर आफ्नै सरकारले मेरो निर्वाचन क्षेत्रमा मैले भनेको झैँ गरेन भनेर मैले रुवाबासि गरेर काम छैन। ’

उनले आफ्नै पार्टीको सरकार भएको उल्लेख गर्दै असली सुकुमबासिहरुले निकै कम सूचनामा के कसो गर्ने होला भनेर सोच्न नभ्याउँदै अब के होला भन्ने अन्योलतामा रहनुपरेको जनाएकी छन्। उनले सुरक्षा निकायलाई भिडन्त नभई भिडशान्त, बल होइन बुद्धि लगाउन आग्रह समेत गरेकी छन । ‘अहिले सरकार हाम्रै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको छ ।

प्र. म वालेन ज्यू हुने भनेर निर्वाचनमा होमिएका हौँ । पार्टी सभापति रवि लामिछाने ज्यू र वरिष्ठ नेता वालेन्द्र शाहज्यू सँगै हुँदा टिम स्पिरिटमा हैँसेमा होस्टे गर्न म पनि ईट्टा थप्न होमिएकि हुँ ।

असली सुकुमबासिहरुले निकै कम सूचनामा के कसो गर्ने होला भनेर सोच्न नभ्याउँदै अब के होला भन्ने अन्योलतामा रहनुपरेको छ। यो कार्य निकै कम समयमा भएको छ तर तपाईको लागि सुरक्षित बास मिलाउन सरकार छ। हुनैपर्छ ।

म यहाँहरू सबैसँग यो डर र त्रासको लागि माफी माग्न चाहन्छु। अन्तिम घडीमा सुरक्षा निकाय सँग भन्न चाहन्छु भिडन्त होइन भिडशान्त, बल होइन बुद्धि, त्रास होइन, भरोसा। हटाउने मात्र होइन, व्यवस्थापन गर्ने। आगामी दिनमा यहाँलाई सुकुमबासी होइन आफ्नै लालपूर्जा भएको नागरिकको रूपमा भेट्नेछु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us