काठमाण्डू, ११ वैशाख- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् ।
पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार साँझ पक्राउ गरेको हो ।
निर्माण व्यवसायीसमेत रहेका पाण्डेले ठेक्कापट्टा सम्बन्धी ई–बिडिङको वेबसाइट ह्याक गरेको प्रकरणमा पक्राउ गरिएको सिआईबी प्रमुख एआईजी मनोज केसीले जानकारी दिए ।
पाण्डे कालिका कन्स्ट्रक्सनका अध्यक्ष हुन् ।