काठमाण्डू, १४ चैत– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा गएको टिप्पणी गरेका छन ।
पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार बिहान पक्राउ गरिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारबारे टिप्पणी गरेका हुन् ।
‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार,’ नेता ज्ञवालीले लेखेका छन्, ‘तर, उसले चाहे जस्तो हुने छैन ।’ यसअघि एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जलालमार्फत् नै अध्यक्ष ओलीको पक्राउको विरोधमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए ।