काठमाण्डू, १४ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।
स्वास्थ्य परीक्षणपश्चात ओलीलाई २ नम्बर गणमा लगिने स्रोतले जानकारी दिएको छ । लेखकलाई भने यसअघि नै पुर्याइसकिएको छ । ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका उनलाई केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर टिचिङ लगिएको हो । आज शनिबार भएकोले उनीहरुलाई आइतबार मात्रै अदालत पेस गर्ने प्रहरीले जनाएको छ ।