ओली र लेखक पक्राउ पछि गृहमन्त्री गुरुङको प्रतिक्रियाः प्रतिसोध होइन न्यायको सुरुवात

काठमाण्डु टुडे २०८२ चैत १४ गते ७:२० मा प्रकाशित

काठमाण्डू, १४ चैत– गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको तर्क समेत गरेका छन ।

‘PROMISE IS A PROMISE :  कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’ उनले अब देशले नयाँ दिशा दिने पनि बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us