निलाम्बर आचार्यको टिप्पणी: प्रतिसोध र धरपकडले भलो गर्दैन

काठमाण्डु टुडे २०८२ चैत १४ गते ७:११ मा प्रकाशित

काठमाण्डू, १४ चैत– संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने बताएका छन । नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि संविधानविद् आर्चायले यस्तो तर्क गरेका हुन ।

‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ’, पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘प्रतिशोध र धरपकडले भलो गर्दैन ।’

प्रहरीले शनिबार बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो । पछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us