प्रधानमन्त्री कार्की मुस्ताङमा

काठमाण्डु टुडे २०८२ फागुन ८ गते १२:५४ मा प्रकाशित

काठमाण्डू, ८ फागुन– प्रधानमन्त्री सुशीला कार्की आज (शुक्रबार) मुस्ताङ पुगेकी छन । शुक्रबार मुस्ताङ पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमाली बस्तीको अवलोकन गरेकी छन् ।

मौसमका कारण हिमालीबस्तीमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा भइरहेको समयमा प्रधानमन्त्री कार्कीले आज मुस्ताङको भ्रमण गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले २१ फागुनमा एकैपटक चुनाव हुने बताउँदै आइरहेकी छन् । प्रधानमन्त्री कार्कीले मुस्ताङका स्थानीयबासिन्दासँग समेत अन्तरक्रिया गरेकी छन् ।

साथै मुस्ताङका सरकारी अधिकारीहरूसँग पनि चुनावका लागि भइरहेको तयारबारी जानकारी लिएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us