गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चलाउँछौंः रवि लामिछाने

काठमाण्डु टुडे २०८२ फागुन ७ गते १८:२६ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरिबको बस्तीमा डोजर चलाउँछन् भनेर भ्रम फैलाइएको भन्दै आपत्ति व्यक्त गरेका छन ।

आज (बिहिबार) चुनावी बाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले गरिबको बस्तीमा नभई भ्रष्टाचारीको महलमा डोजर चलाइने बताएका हुन् ।

रास्वपा सभापति लामिछानेले भने, ‘कतिपय मान्छेलाई तर्साउने काम भइरहेको छ । बस्तीमा डोजर चल्छ भनिएको छ, ‘गरिबको बस्तीले चिन्ता गर्नुपर्दैन डोजर चल्यो भने भ्रष्टाचारीको महलमा चलाउँछौँ ।

हामी गरिबको व्यवस्थापन गर्छौँ ।’ उनले रास्वपाका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्दै थपे, ‘अहिले तपाईंले घण्टी बजाउनुहोस् ५ वर्षपछि केही गर्न सकेनौँ भने राजनीतिक रुपमा त्यही घण्टीले हामीलाई बजाइदिनुस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us