काठमाण्डू, ७ फागुन– पूर्र्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देश अहिले दोबाटोमा उभिएको दाबी गरेका छन । आज (बिहिबार) काठमाण्डूमा आसन्न निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
उनले आहिले भत्काउने र बनाउने दुई सोचबीचक द्वन्द्व जारी रहेको पनि बताएका छन । अध्यक्ष ओलीले भने, ‘आज देश यस्तो दोबाटोमा उभिएको छ । जहाँ एकातिर आवेग र आक्रोश छ ।
अर्कोतिर विवेक र जिम्मेवारी छ, ‘भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ ।’ यतिबेला देश प्रश्नैप्रश्नको घेरामा भएको ओलीको भनाइ छ ।‘निर्वाचनको केही साताअघि हाम्रा प्रतिवद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ सिंगो समाज प्रश्नैप्रश्नहरूको घेरामा छ,’ ओलीले भने ।