नेकपाका महासचिव ऋषि कट्टेल पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन ६ गते १६:०९ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ परेका छन् ।

निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

अहिलेसम्म उक्त पार्टी ४ जना पक्राउ परिसकेको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन ।

यसअघि मंगलबारमात्रै उक्त पार्टीका धर्मेन्द्र बास्तोला, विष्णुप्रसाद तिमल्सिना र एसपी साह पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us