पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले खोज्न थाल्यो

काठमाण्डु टुडे २०८२ फागुन ५ गते १४:०७ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– प्रहरीले पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई खोज्न सुरु गरेको छ । सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको हो ।

सार्वजनिक भएको भिडियामो साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाण्डू उपत्यकाकै रहेको अनुमान गरिएको छ ।

उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन ।

उनले भने, ‘भिडियो हामीलाई पनि प्राप्त भएको छ । हामीले कार र व्यक्ति पहिचानका लागि अनुसन्धान अघि बढाइसकेका छौं । कारबाहीको दायरामा ल्याउँछौं ।’

कारबाट झरेका व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us