राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छः महासचिव पोख्रेल

काठमाण्डु टुडे २०८२ भदौ २ गते १२:५७ मा प्रकाशित

काठमाण्डू, २ भदौ– एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत सुनिश्चित भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्ने तर्क गरेका छन ।

आज (सोमबार) कैलालीको अत्तरियामा पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन । उनले अहिले संविधान संशोधनको वातावरण नबनेको बताउँदै बहुमत पुग्ने भएपछि संविधान संशोधनको काम पनि अघि बढ्ने तर्क गरे ।

उनले भने, ‘संविधान संशोधनजस्तो विषय एकैपटक प्रवेश गर्ने कुरा हुँदैन । त्यसका लागि वातावरण बनाउनुपर्छ, राष्ट्रिय सभामा सरकारमा रहेका प्रमुख दलहरूको बहुमत सुनिश्चित छैन ।

५/६ महिनापछि राष्ट्रिय सभामा १९ सिट खाली हुन्छ दुवै दल मिलेर सफलता प्राप्त गर्छौं । अनुकुलता निर्माण गर्छौं । त्यसपछि संविधान संशोधनको विषयमा प्रवेश गर्छौं ।’

महासचिव पोखरेले सरकार निर्माणका बेला नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us