काठमाण्डू, १ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा नेपाली सेनाको विमान प्रयोग गर्ने भएका छन । नेपाली सेनाको यस विमानको लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया सुरु गरिएको छ ।
ओलीसहितको प्रतिनिधिमण्डलले सेनाको विमानमा नेपालको काठमाण्डूबाट भारतको बोधगया जाने बताइएको छ । प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीले भदौ ३१ गते भारतको दुई दिने भ्रमण गर्ने छन् ।
त्यस क्रममा दुई मुलुकका कार्यकारी प्रमुखबीच बोधगयामा भेटवार्ता हुने भएको हो। ओलीको भ्रमण कार्यतालिकाबारे छलफल गर्न भारतीय विदेश सचिव बिक्रम मिश्री आज (आइतबार) नेपाल आएका छन् ।