नौबिसे–नागढुङ्गा सुरुङमार्ग अन्तिम चरणमाः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८२ भदौ १ गते १२:२६ मा प्रकाशित

काठमाण्डू, १ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको दाबी गरेका छन । आज (आइतबार) सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको भन्दै चाडैं सञ्चालनमा आउने बताएका हुन् । प्रधानमन्त्री ओलीले भनेका छन, ‘नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ ।’ हालसम्म आयोजनामा ९३ प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिएका छन् ।

नौबिसे–नागढुङ्गा सुरुङमार्गमा ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) र विस्फोटक पदार्थ प्रयोग नगरी बनाइएको हो । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाण्डू आउन घण्टौं जाममा फस्नुपर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us