३७ प्रतिशतले घट्यो विद्युत प्राधिकरणको नाफा

काठमाण्डु टुडे २०८२ भदौ १ गते ९:१७ मा प्रकाशित

काठमाण्डू, १ भदौ– नेपाल विद्युत प्राधिकरणको नाफामा उल्लेख्य कमी आएको छ ।

अघिल्लो वर्षको तुलनामा प्राधिकरणको नाफा १ अर्ब ४६ करोड घटेको हो । प्राधिकरणले गत आर्थिक वर्ष २०८१÷०८२ मा ९ अर्ब ७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ३७.३२ प्रतिशतले ले कम रहेको वार्षिकोत्सवका अवसर पारेर प्राधिकरणद्वारा आइतबार जारी विवरणमा उल्लेख छ ।

आघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड नाफा कमाएको थियो ।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण त्यसयता निरन्तर नाफामा छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us