पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

काठमाण्डु टुडे २०८२ भदौ १ गते ८:५८ मा प्रकाशित

काठमाण्डू, १ भदौ–पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।

आइतबार बिहान माथिबाट तुइन पुलनजिकै ढुंगासहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले दुई डोजरको सहायतामा पहिरो हटाएर दुईतर्फी सडक सञ्चालनमा आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us