ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन २२ गते १३:२१ मा प्रकाशित

काठमाण्डू, २२ साउन– ललितपुरमा केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । प्रहरीकाअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् ।

सोही क्रममा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डू एसपी तथा प्रवक्ता चक्रराज जोशीले जानकारी दिएका छन ।

अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ । किशोरीको शव पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ ।

मृतक किशोरी पनि १८ वर्षकै रहेको प्रहरीले बताएको छ । उनीहरू प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us