प्रचण्डले बोलाए कांग्रेस एमाले बाहेकका दलहरूको बैठक

काठमाण्डु टुडे २०८२ साउन २१ गते १७:२९ मा प्रकाशित

काठमाण्डू, २१ साउन– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले सुझाव दिन पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल गर्न कांग्रेस र एमाले बाहेकका दलहरूको बैठक बोलाएका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको प्रचण्डको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी कार्यविधि पठाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us