रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाण्डु टुडे २०८२ साउन २१ गते १५:२९ मा प्रकाशित

काठमाण्डू, २१ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले साउन २३ गते (शुक्रबार) दिनको एक बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठक रास्वपाको मुख्यालय बनस्थलीमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन । प्रवक्ता झाका अनुसार बैठक बोलाउने निर्णय भएपनि एजेण्डाहरु भने तय भइसकेको छैन । केन्द्रीय समिति बैठकमा छलफलका लागि एजेन्डाहरू बुधबार साँभसम्म निश्चित हुने झाले जानकारी गराए ।

रास्वपाले मंगलबार सचिवालय बैठक बोलाएको थियो । सचिवालय बैठकमा मुख्यगरी रुपन्देही–३ को उपनिर्वाचको छलफलमा केन्द्रित रहेको नेताहरूले जानकारी गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us