डिजल सेवनबाट ९३ वर्षीय वृद्धको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन २१ गते १३:२९ मा प्रकाशित

काठमाण्डू, २१ साउन– उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेमा ९३ वर्षीय वृद्ध अन्त नारायण श्रेष्ठको डिजल सेवनबाट मृत्यु भएको छ ।

साउन १९ गते साँझ श्रेष्ठले आफ्नै घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए । उनलाई सुरुमा नगर अस्पताल, चौदण्डीगढीमा प्राथमिक उपचार गरिएको थियो ।

तर अवस्था जटिल देखिएपछि लगत्तै थप उपचारका लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल लगिएको थियो। उपचारको क्रममा साउन बुधबार बिहान विहान ६ः३० बजे चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us