खेती जोगाउन भन्दै छाडिएको करेन्ट लागेर गैंडाको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन २१ गते १२:५४ मा प्रकाशित

काठमाण्डू, २१ साउन– चितवनको माडी नगरपालिका–२ भैरवपुरमा खेती जोगाउन भन्दै छाडिएको करेन्ट लागेर दुलर्भ एकसिङे गैंडाको मृत्यु भएको छ ।

किसानले खेतमा करेन्ट छाडेको ठाँउमा गैंडा पुग्दा करेन्ट लागेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएका छन । गैंडाको बारेमा थप विवरण खुल्न बाँकी छ ।

चालु आर्थिक वर्षमा मानवीय लापरबाहीका कारणले मृत्यु हुने यो नै पहिलो गैंडा हो । गत आर्थिक वर्ष २८ वटा गैंडा मृत फेला परेका थिए । तीमध्ये एक गैंडा करेन्ट लागेर मरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us