कुलिङ पिरियडमा भएको छेडखानी नियतजन्यः माधव सापकोटा

काठमाण्डु टुडे २०८२ साउन २० गते १७:४७ मा प्रकाशित

काठमाण्डू, २० साउन– माओवादी केन्द्रका सांसद सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको तर्क गरेका छन । आज मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी सांसद सापकोटाले यस्तो बताएका हुन ।

मंगलबार नै छानबिन समितिले प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिसकेको छ । सोही बारेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सापकोटाले समितिले गम्भीर त्रुटिका रुपमा लिएको पनि बताए । समिति सभापति र सचिवले नियतजन्य रुपमा गरिएको आरोप लगाउँदै उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहष्यमय रहेको तर्क समेत गरेका छन ।

माओवादी सांसद सापकोटाले भने, ‘हामीले गम्भीर त्रुटी भनेका छौँ यसलाई मानवीय त्रुटीका रुपमा लिन सकिँदैन । त्यो नियतजन्य रूपमा गरिएको कमजोरी हो । त्यसलाई नियतजन्य रुपमा जानाजान नै छेडखानी गरिएको छ ?’ कानूनतस् प्रथम दृष्टिमै सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने उनले बताए ।

‘कानुनतस् प्रथम दृष्टिमै हस्ताक्षरकर्ताहरू सभापति र सचिव दुवैले यसको जिम्मेवारी लिनुपर्छ । नैतिक रुपमै स्वीकानुपर्छ । नैतिकता भनेको आफ्नो सभापतिको स्पष्ट जिम्मेवारी पूरा गर्न नसकेपछि के गर्ने भन्ने स्पष्ट छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us