८ किलो सेतो हेरोइनसहित २ विदेशी पक्राउ

काठमाण्डु टुडे २०८२ साउन २० गते १७:१४ मा प्रकाशित

काठमाण्डू, २० साउन– प्रहरीले लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय फिरोज अहमल र भारतकै ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेल नाम गरेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

१७ साउनमा लाओसबाट बैंकक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका फिरोजलाई ४ किलो सेता हेरोइनसहित ब्यूरोको टोलीले विमानस्थलको अराइभल एरियाबाट पक्राउ गरेको थियो ।

यसको भोलिपल्ट लाओसबाटै बैंकक हुँदै आएका भेललाई पनि अराइभल एरियाबाट ३ किलो ८ सय ग्राम सेता हेराइनसहित पक्राउ गरिएको ब्यूरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us