बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ

काठमाण्डु टुडे २०८२ साउन २० गते १७:०३ मा प्रकाशित

काठमाण्डू, २० साउन– बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको सपथ लिएका छन् । आज (मंगलबार) बागमतीको छैठौं मुख्यमन्त्रीको रूपमा दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको सपथ गराए ।

देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले मुख्यमन्त्री समक्ष हिजो सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार निर्माणका लागि दाबी पेश गरेका थिए ।

उनलाई ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us