विधेयक ऐन बनेर हाम्रो हात–हातमा नआउँदासम्म राख्नु हुँदैन भनेर लागिरहन्छुः मुख्यसचिव अर्याल

काठमाण्डु टुडे २०८२ साउन २० गते १६:४८ मा प्रकाशित

काठमाण्डू, २० साउन– मुख्यसचिव एक नारायण अर्यालले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ऐन बनेर कर्मचारीको हात–हातमा नआउँदासम्म ‘कुलिङ अफ पिरियड’ राख्न हुँदैन भनेर लागिरहने तर्क गरेका छन ।

सङ्घीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई दिएको बयानमा मुख्यसचिव अर्यालले यस्तो बताएका हुन ।

मुख्यसचिवव अर्यालले ऐन नबन्दासम्म आफू कुलिङ अफ पिरियड राख्न हुँदैन भनेर लागिरहने बताएका छन । उनले विधेयकमा यो प्रावधान नराख्न विभिन्न व्यक्तिहरूलाई भेटेको पनि बयानका क्रममा स्वीकारेका छन् ।

प्रतिनिधिसभामा आज प्रस्तुत समितिको प्रतिवेदनमा राखिएको उनको बयानमा लेखिएको छ, ‘यो विधेयक ऐन नबनेसम्म राज्य हुँदैन भनेर लागिरहन्छु ।

प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र पुष्प कमल दाहाल “प्रचण्ड” समेत समक्ष कुलिङ अफ पिरियड राख्नु हुँदैन भन्ने माग राखेकै हो ।’ कुलिङ पिरियड राख्ने त्रुटि सच्याउनु पर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us