इजरायली आक्रमणपछि हमासले गर्‍यो जवाफी हमला

काठमाण्डु टुडे २०८१ चैत ७ गते ९:४७ मा प्रकाशित

 एजेन्सी– इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासले इजरायलको तेल अभिभलाई निशाना बनाएर तीनवटा रकेट प्रहार गरेको छ । इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासको यो पहिलो प्रतिशोधात्मक आक्रमण गरेको हो । आक्रमणको जानकारी हमास आफैँले दिएको हो ।

तर, ती तीनवटा क्षेप्यास्त्रमध्ये एउटालाई रोकेको र बाँकी क्षेप्यास्त्रहरू कोही पनि नबस्ने ठाउँमा खसेको इजरायलले जनाएको छ । हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारदेखि इजरायलले पुनः युद्ध सुरु गरेयता कम्तीमा ५९१ जनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन ।

मृत्युहुने मध्ये २०० भन्दा बढी बालबालिका रहेको बताइएको छ । प्यालेस्टिनी क्षेत्रमा स्थलगत कारबाही सुरु गरेको इजरायली रक्षा बल (आईडीएफ)ले बिहीबार बताएको थियो ।

जनवरीमा इजरायल र हमासबिच युद्धविराम सुरु भएयता ठुलो मात्रामा सैन्य कारबाहीबाट केही राहत मिलेको थियो । तर यी आक्रमणहरू पछि अवस्था पहिलेकै जस्तो बनेको छ । हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएकोर यीमध्ये २४ जना जीवित रहेको अनुमान इजरायलको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us