कांग्रेस पूर्ण समावेशी छ: सभापति देउवा

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १८:१३ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पूर्णरूपमा समावेशी भएको बताएका छन ।

आज (बुधबार) पार्टीको भ्रातृसंस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन पार्टी कार्यालय सानेपामा बुधबार उदघाटन गर्दै सभापति देउवाले पार्टी मात्रै होइन मुलुक नै समावेशिताको मामलामा सबैभन्दा अगाडि रहेको पनि बताएका छन ।

उनले भने, ‘नेपाली कांग्रेस पूर्णरूपमा समावेशी पार्टी हो, देउवाले भने, ‘हाम्रो पार्टीमात्र होइन, मुलुक पनि समावेशिताको मामलामा सबैभन्दा अगाडि छ । हामीले मुलुकमा आन्दोलनका माध्यमबाट समावेशी लोकतन्त्र प्राप्त गरेका छौँ ।’

कांग्रेसले नै नेपालमा सबैभन्दा पहिला पार्टीमा ३३ प्रतिशत महिलाको आरक्षणको व्यवस्था गरेको बताए ।

यो व्यवस्था संसारका कमै देशमा भएको उनले बताए । आरक्षणबारे थप खुलाउँदै देउवाले भने, ‘हाम्रोमा आदिवासी जनजाती, मधेसी, थारु सबैको आरक्षण छ हाम्रो संविधानमा ।

हाम्रो पार्टी पनि त्यसै आधारमा बसेको छ । हाम्रो पार्टी पूरा समावेशी छ । हाम्रो संविधान पूरा समावेशी छ । हाम्रो देश नै पूरा समावेशी छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us