काठमाण्डू, ७ फागुन– कांग्रेस महामन्त्री गगन थापाले देशको जिम्मेवारी लिनुपर्ने भएकाले अहिले नै २०८४ सालको चर्चा गर्ने सुविधा कांग्रेसलाई नभएको बताएका छन ।
आज (बुधबार) पाल्पाको पूर्वखोलामा बुधबार आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन । उनले अन्य दलले २०८४ पछि देश बनाउने भनिरहेको पनि बताएका छन ।
कांग्रेसले अहिलेको जिम्मेवारी लिनुपर्ने पनि बताएका छन । उनले भने, ‘अनि ८१–८२–८३ मा देश नबनाएर के गरेर बस्ने त अब ? संविधान बनाउनु पनि छैन ।
प्रजातान्त्रिक व्यवस्था पुर्नस्थापना गर्नु पनि छैन, ‘कुनै आन्दोलन गर्नु पनि छैन । यो तीन वर्षको समय भनेको कम समय हो ?’ बीपी कोइरालाले १८ महिना मात्रै सरकार चलाउन पाएको स्मरण गरे ।
अबको चुनावमा जाँदा जितेका स्थानमा घोषणापत्र लिएर नगई यो यो काम गरेँ भनेर जानुपर्ने पनि उनले बताएका छन ।
आम नागरिकले विकास भएको भनेपनि अपेक्षित नभएको बताइरहेको तर केहीले भने ‘केही पनि भएको छैन’ भनि रुवाबासी सुरु गरेको बताए ।