जमलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १६:३२ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– काठमाण्डू महानगरपालिका– १ जमलस्थित विश्वज्योति हलअगाडि बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५६ वर्षीय अम्बरबहादुर बोगटी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।

ओखलढुंगा घर भई हाल काठमाण्डूको डल्लु बस्दै आएका बोगटीलाई मंगलबार बा। ५ ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बसका चालकलाई पक्राउ गरेर घटनाबारे प्रहरीले आवाश्यक अनुसन्धान अघि बढाएको पनि जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us