दुई दलीय व्यवस्थाको वकालत गरेको छैनः महासचिव पोखरेल

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १६:२७ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– एमाले महासचि शंकर पोखरेलले आफुले कहिले पनि दुई दलीय व्यवस्थाको वकालत नगरेको बताएका छन ।

आज (बुधबार) एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न कपिलवस्तुमा पुगेका एमाले महासचिव पोखरलेले यस्तो बताएका हुन । उनले पछिल्ला केही महिनादेखि सार्वजनिक कार्यक्रमहरूमा उनले साना साना दलका कारण सरकार अस्थिर बन्न पुगेको दावी गर्दै आएका थिए ।

एमाले महासचि पोखरेलले भने, ‘मैले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नुपर्यो, ‘म दल खोल्न निषेधको पक्षमा कहिल्यै थिइनँ ।

मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिर राजनीतिको अन्त्य हुन्छ र स्थायी सरकार बनाउन सकिन्छ भन्ने धारणा राखेको हुँ ।’उनले थ्रेसहोल्डको प्रतिशत बढाउनु पर्ने धारणा दोहोर्याए ।

‘जनताको बिचमा गएर चुनाव जितेर आउनेलाई सत्ता चलाउन कसैले बन्देल लगाउन सक्दैन । अब राजनीतिक खुद्रा पसल भने आवश्यक छैन,’ महासचिव पोखरेलले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us