भिम रावलको आरोपः केपी ओलीले एमालेको रङ्ग खुइल्याइदिए, कालो भयो

काठमाण्डु टुडे २०८१ माघ १४ गते १५:४३ मा प्रकाशित

काठमाण्डू, १४ माघ– एमालेको बारबाहीमा परेपछि मातृभूमि जागरण अभियानका सुरु गरेका एमाले पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भीम रावलले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सिद्धान्त नै परिवर्तन गरेको आरोप लगाएका छन् ।

आज सोमबार अभियानका क्रममा अछाम पुगेका रावलले एमाले अध्यक्ष ओलीमाथि यस्तो आरोप लगाएका हुन । उनले भने, ‘ओलीले एमालेको सिद्धान्त नै परिवर्तन गर्नुभयो । उहाँले पार्टीका नेता–कार्यकर्तालाई पार्टी सिद्ध्याउनुपर्छ भन्नेहरूलाई भोट लगाउन लाउनुहुन्छ ।’ उनले थपे, ‘गत चुनावमा उहाँले २४ ठाउँमा पार्टी सिद्ध्याउनुपर्छ भन्नेहरूलाई भोट लगाउन लाउनुभयो ।’

यस्तै उनले (एमाले) को रङ्ग खुइलिएको बताए । ‘एमाले रङ्ग खुइलिएर कालो भयो । जसले पार्टी बनायो, जसले एमाले जनतालाई चिनायो, यसलाई टिकट नै दिइँदैन। झापा जिल्लाका केपी ओलीले एमालेको सिद्धान्त नै परिवर्तन गरिदिनुभयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us