तनहुँबाट ९ जुवाडे पक्राउ

काठमाण्डु टुडे २०८१ माघ १४ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, १४ माघ– प्रहरीले तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरस्थित ऋषिङ्ग गाउँपालिका–२ काँहुशिवपुर घर भएका ३६ वर्षीय श्रीराम थापाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ९ जनालाई आइतबार दिउँसो पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ७ सय ३५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us