बारामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ १४ गते १५:०४ मा प्रकाशित

काठमाण्डू, १४ माघ– बारामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारको बैरगनिया निवासी २५ वर्षीय आदित्यकुमार पाठक रहेको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।

आइतबार बाराको आदर्शकोतवाल गाउँपालिका–६ लौकाहा नजिक बी.आर. ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ च ६७८८ नम्बरको पिकअपले ठक्कर दिंदा पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते पाठकको उपचारका कलैयास्थित प्रादेशिक अस्पतालमा राति १० बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन ।

मोटरसाइकलमा पछाडि सवार रौतहट गौर नगरपालिका–१ का २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन् । उनको टाउको, हात र पेटमा चोट लागेको छ । हाल उनी वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us