काठमाण्डू, १४ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको छ। गत शुक्रबारदेखि अस्वस्थ भएका प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।
प्रधानमन्त्री ओली आज विभिन्न कार्यक्रममा सहभागी हुने प्रधामन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आज प्रधानमन्त्री ओली बिहान साढे १० बजे सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसर पारी नेपाल प्रशासनिक प्रशिक्षण ललितपुरमा आयोजना हुने कार्यक्रममा सहभागी भएका थिए ।
त्यसपछि दिउँसो एक बजे भक्तपुरको कटुन्जेस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सहभागी भएका छन । साँझ ५ बजे बस्न लागेको सत्तारूढ दलहरूको बैठकमा समेत प्रधानमन्त्री ओली सहभागी हुने सचिवालयले जानकारी दिएको छ ।