कैलालीमा छाउगोठभित्र सुतिरहेकी महिलामाथि बाघको आक्रमण

काठमाण्डु टुडे २०८१ माघ १४ गते १३:१२ मा प्रकाशित

काठमाण्डू, १४ माघ– कैलालीमा छाउगोठभित्र सुतिरहेकी महिलामाथि बाघले आक्रमण गरेको छ । कौलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले घाइते बनाएको जिल्ला प्रहरी कार्यलय कौलालीले जानकारी दिएको छ ।

छाउगोठ वरपरका मानिसहरूले होहल्ला गरेपछि बाघ भागेको थियो। उनी सामान्य घाइते छिन्। विटालुका श्रीमान् रोजगारीका लागि भारतमा रहेका प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us