इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ माघ १४ गते १२:४२ मा प्रकाशित

काठमाण्डू, १४ माघ– प्रहरीले काठमाण्डू महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाण्डूको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई आइतबार दिउँसो काठमाण्डू उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us