बालुवाटारमा बस्दै सत्तारुढ दलहरूको बैठक

काठमाण्डु टुडे २०८१ माघ १४ गते १२:३८ मा प्रकाशित

काठमाण्डू, १४ माघ– आज (सोमबार) सत्ता घटक दलको बैठक बस्दै छ । बैठक आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद् अधिवेशन लगायतका विषयहरूमा छलफल हुने बताइएको छ । संसद्को हिउँदे अधिवेशन यहीँ माघ १८ गते शुक्रबारबाट सुरु हुँदै छ बैठकको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us